एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

ठेला रिक्सामा भारी बोक्दै अंग्रेजी साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै धादिङका तामाङ (अन्तर्वाताः भिडियोसहित)

182
shares

काठमाडौँ । धादिङ जिल्लाको खनियावास निवासी राम तामाङ पेसाले रिक्सा चालक हुन् । हाल उनी काठमाडौँको असनमा बस्छन् । साधारण किसान परिवारमा जन्मिएका तामाङको न्यूरोड, ठमेल, वसन्तपुर लगायतका स्थानतिर रिक्सामा भारी बोक्नु उनको दैनिकी हो ।

तामाङका साथमा १ श्रीमती, ४ छोरी र आफूसमेत गरी जम्मा ६ जनाको परिवार बस्छन् । उनी जति मेहनती छन् उतिनै छोरीहरु पनि पढाइका साथ–साथै अतिरिक्त क्रियाकलापमा मेहनती र अब्बल छन् ।

रिक्सामा भारी बोकी पसिना बगाएर कमाएको पैसाले छोरीहरुलाई राम्रो विद्यालयमा पढाइरहेका छन् । त्यसका साथ–साथै कराँते खेल्नका लागि भर्ना पनि गरिदिएका छन् । छोरीहरु गायनमा पनि उत्तिकै रुचि राख्छन् । आफ्नो कामसँगै छोरीहरुको शिक्षा–दिक्षामा आफैँ लागि पर्छन् । विदाको दिन ६ जनाको परिवार रिक्सामा चढेर हाँसीखुसीका साथ घुमफिर गर्दछन् ।

खनियावासबाट १२ कक्षा पास गरेर काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गबाट राजनीति शास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका तामाङ स्नातकोत्तर गर्ने तयारीमा छन्, तर छोरीहरुलाई बाहेक आफूलाई खर्चले नपुग्ने भएकाले यस वर्ष स्नातकोत्तरमा भर्ना गर्न नसकेको उनी बताउँछन् ।

नेपाली श्रमिकहरुले देश भित्रै सुरक्षित र इज्जतका साथ श्रम गरेर बस्न सक्ने वातावरण बन्नुपर्छ भन्ने सरकारसँग तामाङको माग छ । तामाङ यातायाता मजदुर संघको केन्द्रीय सदस्यसमेत रहेका छन् ।

यसै विषयमा आर्टिकल्स पेपर डट कमका अध्यक्ष सन्तोषकुमार दाहालसँग भएको कार्यक्रम सर्वसंवादको पुरा अंश भिडियोमार्फत हेर्न सक्नुहुनेछ ।

पूरा भिडियो