नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

910
shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार पाण्डेले १८ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १ सय ७१ मत ल्याएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८ सय १६ मत ल्याएका छन् ।

त्यस्तै नेकपाका उम्मेदवार निरज लामाले ५ सय १८ मत प्राप्त गरेका छन् ।