नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

विगतमा माओवादीबाट सशस्त्र जनयुद्धमा होमिएका किराती हाल मजदुरी र साहित्यिक यात्रामा (अन्तर्वार्ताको पूर्ण भिडियोसहित)

2.11K
shares

काठमाडौँ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, वडा नं. २, डिकुवा निवासी सोनाम सज्जन किराती पेसाले निर्माण क्षेत्रका मजदुर हुन् । हाल उनी काठमाडौँको कपनमा बस्छन् ।

साधारण किसान परिवारमा जन्मिएका किरातीको काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका क्षेत्रमा इँटा बोक्ने, मार्वल काट्ने, ढलान गर्नेलगायतका काम गर्नु उनको दैनिकी हो । हाल काठमाडौँमा श्रीमती, एक छोरा, एक छोरी, दुई जना भाइ र एक बहिनीसहित बसोबास गर्दछन् ।

हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित च्यास्मीटार उच्च माध्यमिक विद्यालयबाट आइए पास गरेका किराती साहित्यतर्फ निक्कै रुची राख्ने गर्छन् । माओवादीका तर्फबाट सशस्त्र जनयुद्धका बेला करिब अढाइ वर्ष भूमिगत जीवन विताएका किरातीले कविता संग्रह “नपुंसक स्वर्गको विरुद्ध आगो” र संस्मरण संग्रह “जनयुद्धमा वितेका पल” नामक पुस्तक प्रकाशन गरेका छन् । त्यसका साथै किराँती अखिल नेपाल लेखक संगठनमा समेत आवद्ध रहेका छन् ।

यिनै विषयवस्तुमा आधारित भएर आर्टिकल्स पेपरले किरातीसँग गरेको पूर्ण संवाद तलको भिडियोमार्फत हेर्न र सुन्न सकिने छ ।

संवादको पूर्ण भिडियो