काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा निर्वाचनको नतिजा धमाधम सार्वजनिक, रास्वपाको ९६ स्थानमा अग्रता, २१ मा जित

2.02K
shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना जारी छ ।  हाल १३३ स्थानको मतगणना भइरहेको छ भने २९ स्थानको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी धेरै अगाडि देखिएको छ । रास्वपाले २१ स्थानमा जित हात पार्दा ९६ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ स्थानमा जित दर्ता गर्दा १० स्थानमा अग्रता लिएको छ ।

नेकपा एमालेले १ ठाउँ जित हासिल गरेको छ भने १२ ठाउँमा अग्रता बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा जित्दा ९ स्थानमा अग्रता बनाएको छ । त्यस्तै श्रम संस्कृति पार्टीले ४ स्थानमा अग्रता लिँदा राप्रपा पनि एक स्थानमा अगाडि छ । स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट जित निकालेका छन् । जनता समाजवादी पार्टी नेपाल, नेमकिपा, प्रलोपालगायतका दल शून्य हुने निश्चित भएको छ ।