नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा निर्वाचनको नतिजा धमाधम सार्वजनिक, रास्वपाको ९६ स्थानमा अग्रता, २१ मा जित

2.3K
shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना जारी छ ।  हाल १३३ स्थानको मतगणना भइरहेको छ भने २९ स्थानको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी धेरै अगाडि देखिएको छ । रास्वपाले २१ स्थानमा जित हात पार्दा ९६ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ स्थानमा जित दर्ता गर्दा १० स्थानमा अग्रता लिएको छ ।

नेकपा एमालेले १ ठाउँ जित हासिल गरेको छ भने १२ ठाउँमा अग्रता बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा जित्दा ९ स्थानमा अग्रता बनाएको छ । त्यस्तै श्रम संस्कृति पार्टीले ४ स्थानमा अग्रता लिँदा राप्रपा पनि एक स्थानमा अगाडि छ । स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट जित निकालेका छन् । जनता समाजवादी पार्टी नेपाल, नेमकिपा, प्रलोपालगायतका दल शून्य हुने निश्चित भएको छ ।