नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

896
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भारी मतान्तरसहित अग्रता लिएका छन् ।

सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चार हजार ४३१ मतले पछाडि पार्नुभएको छ । सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले ६ हजार ९५२ मत पाउनुभएको छ ।

क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा हुनुहन्छ । उहाँलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले ६ हजार ७४२ मतका साथ पछ्याइरहनुभएको छ ।

क्षेत्र नं २ मा रास्वपा उम्मेदवार रबिन महतो २८ हजार ९९१ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका महिन्द्रराय यादवले ६ हजार ७५ मत ल्याउनुभएको छ ।

सर्लाही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी (कार्की)ले २४ हजार १८६ मत ल्याई अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६३४ र नेपाल कम्युनिट पार्टी (एमाले)का मनोजकुमार देवकोटाले ३ हजार ३३७ मत ल्याउनुभएको छ ।