काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं-६ मा रास्वपाका खनाल निर्वाचित

1.55K
shares
काठमाडौं । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो ।
कुल ३४ हजार ४७३ मत खसेको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७  र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनकुमार मास्केले चार हजार ३७३ मत पाउनुभएको उहाँले बताउनुभयो ।
निर्वाचित खनाल पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै काठमाडौं क्षेत्र नं ६ का निर्वाचित प्रतिनिधिसमेत हुनुहुन्थ्यो । उहाँले टेक फर नेपालमार्फत सात वर्ष सरकारी विद्यालयको गुणस्तर सुधार र अभियानमा नेतृत्व गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गर्दै स्थानीय नीतिनिर्माणमा योगदान दिनुभएका उहाँले सर्वोदय श्रमदान अभियानमार्फत नेपाल, श्रीलङ्का र अमेरिकामा सामाजिक रुपान्तरणमा सक्रिय भूमिका खेल्नुभएको छ । उहाँले सन् २०१५ भूकम्प पीडितका लागि राहत वितरणमा समन्वय गर्नुका साथै सन् २०२० मा टोलटोलमा सिकाइ अभियानका लागि वैकल्पिक शिक्षणको ढाँचा विकासमा जोड दिँदै आउनुभएको थियो ।