एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

एनएमबी बैंक र बीआईआईबीच अमेरिकी डलर लगानी भित्र्याउने सम्झौता

140
shares

काठमाडौं : एनएमबी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता भएको छ ।

एनएमबी बैंक ‘बीआईआई’बाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको बेला उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्नेछ ।

यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नवीकरणीय उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

एनएमबी बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

एनएमबी बैंक दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।