• २०८१ बैशाख २७ गते बिहिवार

काठमाडौँ । मधु कुमार मरासिनीलाई सरकारले अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए ।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको प्रणाली खरिदका लागि २५ करोड रुपैयाँ अर्थ मन्त्रालयको लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टममा प्रविष्ट गरेको अभियोग उनीमाथि लागेको थियो । तर वैशाख ७ गते उनले अदालतबाट सफाइ पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *