काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

भोटाहिटी–रत्नपार्कको अवैध संरचना महानगरले भत्कायो

1.41K
shares

आर्टिकल्सपेपर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथि अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको संरचना महानगर प्रहरीले भत्काएको हो ।

पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको बताए ।

सब–वेमा पैदलयात्रु हिँड्न् सकस हुने गरी थपेर बनाइएका सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।