• २०८१ बैशाख ३० गते आइतवार

आर्टिकल्सपेपर, काठमाडौँ । वरिष्ठ अधिवक्ता केदार दाहालद्वारा लिखित ‘“कानुनको व्याख्या : सिद्धान्त र व्यवहार” पुस्तक दोस्रो संस्करणका रुपमा बजारमा आएको छ ।

यो पुस्तक कानुनको बास कस्तो अवस्था, परिस्थिति र तथ्यमा कहाँ कहाँ अदालतले रहेको देखेको रहेछ भनी खोजबिन गर्ने क्रममा देखिएको हो । यथार्थमा कानुनको बल कस्तो परिस्थिति र तथ्यमा कहाँ कहाँ रहेको छ भनी पाएसम्मका फैसलाहरूलाई यस पुस्तकमा उल्लेख गर्न खोजीएको छ । कतिपय सन्दर्भमा कानुनको बास कानुनका शब्दमा रहेको देखिन्छ भने कतै भित्री मर्ममा, कतै परिवेशमा, कतै विधायिकाको मनसायमा, कतै कानुनको उद्देश्यमा, कानुनको बल एवं बास रहेको पाइएकोले सोही कुरालाई सकेसम्म यथावत रूपमा पुस्तकमा राखिएको छ ।

केही नेपाली कानुनी व्यवस्थाको ऐतिहासिक पक्षलाई जोडेर वर्तमानमा कानुनको प्रयोग कसरी भै आएको छ भन्ने तथ्यहरूलाई केही मात्रामा केलाउने प्रयास गरेको छु ।

कानुन व्याख्या सम्वन्धी कानुन भारतीय व्याख्या सम्वन्धी कानुनको नेपालीकरण गरिएको भन्ने कुरा यसको मौलिक लालमोहर अंग्रेजी प्रतिमा लागेबाट नै पुष्टि हुन्छ । तसर्थ यी कानुनी व्यवस्थालाई यथोचित र तुलनात्मक रूपमा पुस्तकमा उल्लेख गरिएको छ । केही नेपाली कानुनी व्यवस्थाको ऐतिहासिक पक्षलाई जोडेर वर्तमानमा कानुनको प्रयोग कसरी भै आएको छ भन्ने तथ्यहरूलाई केही मात्रामा केलाउने प्रयास गरिएको छ । सर्वोच्च अदालतले कानुन व्याख्या ऐनलाई समाएर गरेका फैसलाहरूलाई सकेसम्म पुस्तकमा उद्दरण गरिएको छ । भारतीय सर्वोच्च अदालतले गरेका फैसलाहरूलाई हाम्रो अदालतले समेत उद्दरण गर्ने गरेकोले केही भारतीय फैसलाहरूलाई पनि सन्दर्भ सामग्रीमा उल्लेख गरिएको छ । यस पुस्तकमा अदालतले मन्थन गरेका तथ्य, तर्क र रायहरूमात्र रहेका छन् ।

यस पुस्तकमा विशेषतः कानुनी अनुशन्धान पद्दतिलाई अनुशरण गरी लेखिएकाले लेखकले आफ्ना व्यक्तिगत धारणाहरू फैसलामा आफ्नो किसिमले तर्क दिने हदसम्म मात्र सीमित गरेका छन् । केही अदालती निष्कर्ष यसरी पनि हुन सक्थ्यो, यसो गर्दा अझ यसमा व्याख्यको सन्दर्भ परिपक्व हुने थियो भनी लेखकले केही फैसलाको टिप्पणीमा उल्लेख गर्दा फैसलालाई लिएर फरक फरक तर्क, धारणा बनाउन सकिने हुन्छ भन्ने कुरालाई पाठक समक्ष देखाउन खोजेका छन् ।
नेपाली शब्दलाई कानुनी भाषामा प्रयोगमा ल्याउदा केही नयाँ शब्दको प्रयोग गर्नुपर्ने भएको र विद्वान कानुन व्यवसायी र कानुनकर्मीलाई मुद्दा लेख्दाको क्रममा एकै अर्थ दिने बैकल्पिक शब्द पनि आवश्यक पर्ने भएकोले यसलाई मध्यनजर गरी केही ठाउँमा बैकल्पिक र प्रयोगमा नआएका शब्दहरूलाई समेत प्रयोगमा ल्याइएको छ ।

यस पुस्तकलाई पैरवी बुक हाउसले प्रकाशन गरी बजारमा ल्याएको हो भने यसको लेआउट डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि. ले गरेका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *