• २०८१ जेष्ठ ७ गते सोमवार

खोटाङ : खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका राजनितीक दलहरुले अग्नि पीडितहरुलाई सहयोगका लागि संयुक्त रुपमा अपिल गरेका छन् ।

खडेरी र हावाहुरीका कारणले देशका विभिन्न सामुदायिक वन तथा निजि वनहरुमा लागेको डढेलोले अधिक धनजनको क्षति भइरहेको छ । यसको असरबाट हलेसी तुवाचुङ नगरपालिका पनि अछुतो रहन सकेको छैन ।

२०८१ वैशाख २१ गते जारी गरिएको अपिल पत्रमा भनिएको छ – “खडेरी र हावाहुरीको कारणले देशका विभिन्न सामुदायिक वन तथा निजि वनहरुमा लागेको डढेलोले अधिक धनजनको क्षति भइरहेको विकराल अवस्था छ । यसको असरबाट हलेसी तुवाचुङ नगरपालिका पनि अछुतो रहन सकेन यसरी दिनप्रति दिन बढै गइरहेको डढेलो तथा आगजनिले क्षति पुर्याएको सन्दर्भमा मिति २०८१/०१/१८ गतेका दिन हलेसी तुवाचुङ नगरपालिकामा क्रियाशिल राजनैतिक दल, जनप्रतिनीधि, संघ संस्थाको सर्वपक्षीय छलफलबाट एकजुट भई यस नगरपालिकाका अग्नी पिडितहरुलाई सहयोग गर्ने भावनाले आर्थिक संकलन अभियान सञ्चालन गर्न तयार भएका छौँ । यस नगरपालिका भित्रका करिव करिव ५० घरधुरीको संख्यामा घरगोठ जलि करोडौको चल अचल सम्पतिमा क्षति भएको छ । यतिबेला पिडितहरुले खुल्ला आकासमुनि रात बिताउन विवस छन् । यस्तो दुखद आपतिको बेला स्थानीय सरकार तथा विभिन्न संघ संस्थाहरुबाट पिडितहरुलाई राहतको व्यवस्था भएको छ त्यसप्रति आभार व्यक्त गर्दछाैँ । अग्नि पीडितहरुलाई तपाई हामी सबैले सकेको सहयोग गर्ने तिव्र इच्छा र भावना रहेको छ तथापी पनि आफु एकलैले सहयोग गर्दा सबै पिडितसँग पुग्न नसकिने र प्रभावकारी नहुने भएकाले नेता कार्यकर्ता, जनप्रतिनीधि, कर्मचारी, व्यापारी, सामाजिक अभियान्ता र सहयोगी मनका धनिहरु सबैले सकेको सहयोग गर्नका लागि यो अभियानमा जोडिन यस नगरपालिकामा क्रियाशिल राजनैतिक दल, जनप्रतिनीधि, संघ संस्था, उद्योगी र व्यापारीहरुबाट सर्वपक्षीय रुपमा सहयोग गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछाैँ ।

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण सहयोगीदाताहरुले मिति २०८१ वैशाख २१ गतेदेखि मिति २०८१ जेठ ५ गतेसम्म अभियान सञ्चालन गरिने भएकाले उक्त समयभित्र तपसिलका क्यू आर कोडमा सहयोग रकम जम्मा गरी सहयोग गरि दिनहुन अनुरोध गर्दछाैँ । तपाई हाम्रो सानो सहयोगले पिडितलाई ठुलो राहत हुनेछ भन्ने विश्वासका साथ हलेसी तुवाचुङ अग्निपिडित सहयोग अभियान सञ्चालन गरिएको सबैलाई जानकारी गराउँदै प्राप्त भएको आर्थिक सहयोग रकम अग्निपिडितहरुलाई प्रदान गरिने र सहयोगीदाताहरुको नामवली सार्वजनिक गरिने समेत जानकारी गराउँदछौँ ।” भन्ने व्यहोरासहित सहयोगका लागि अपिल गरिएको छ ।

अपिल पत्रमा हलेसी तुवाचुङ नगरपालिकाका पार्टी प्रतिनिधि तथा प्रमुखरु नेपाली कांग्रेसका सभापति चक्रकुमार राई, नेकपा एमालेका अध्यक्ष डिल्ली चाम्लिङ, नेकपा माओबादी केन्द्रका अध्यक्ष राजुविक्रम चाम्लिङ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष मकर राई, जनता समाजवादी पार्टीका राजन राई र राप्रपा नेपालका अध्यक्ष सरोज गिरीको हस्ताक्षरसहित सहयोगका लागि अपिल गरिएको छ ।

अपिल पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *