• २०८१ जेष्ठ ७ गते सोमवार

काठमाडौं । एक दिने भ्रमणका लागि जापानी विदेशमन्त्री खामीखावा योको नेपालको आइपुग्नु भएको छ ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियाे ।

खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *