काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

शोभाकर बरालद्वारा लिखित “मैले टेकेको धरती” पुस्तक सार्वजनिक हुँदै

1.48K
shares

आर्टिकल्सपेपर, काठमाडौँ । लामो समय शिक्षण पेसा अपनाउनु भएका शोभाकर बरालद्वारा लिखित “मैले टेकेको धरती” गैह्रआख्यान आत्मकथा प्रकाशन भएको छ ।

पचहत्तर वर्ष पुगेर छयहत्तर वर्षमा प्रवेश गरेको अवसरमा बरालद्वारा आफ्ना जीवनका अनुभवसहितको वृत्तान्तसहितको यो पुस्तक लेखक स्वयम्ले नै प्रकाशन गर्नुभएको हो ।

कुल १५२ पृष्ठको यो पुस्तकमा बरालका आफ्ना जीवनका अनुभव र अनुभति मात्र छैनन्, युवा पुस्तालाई आफ्नो वंश, संस्कार, संस्कृति, चालचलन जस्ता विषयमा सुसूचित गराउने प्रशस्त विषयवस्तु पनि छन् ।

लेखक बरालले ‘पुर्खाका कुरा’ लेखेर आफ्ना वंश परम्पराका सन्ततिहरुलाई पुर्खाको विरासत सम्झाउनु भएको छ । ‘पिताजीका कुरा’, ‘मातृकुलका कुरा’, ‘ससुरालीतिरका कुरा’, ‘पत्नीका कुरा’, ‘जीवन सङ्घर्षका कुरा’, ‘मेरो पढाइको सेरोफेरो’, ‘बाल्यकालका केही स्मरणीय घटना’, ‘लक्ष्मी आधारभूत विद्यालयमा मेरा ३७ वर्ष’ जस्ता विभिन्न १३ शीर्षकमा बरालले आफ्ना अनुभव र अनुभूति पस्कनुभएको छ ।

नेपाल तथा भारतका विभिन्न तीर्थस्थलको भ्रमणका साथसाथै नेपालका विभिन्न स्थानका धार्मिक तीर्थस्थलको भ्रमणका अनुभव पनि यस पुस्तकमा पढ्न पाइन्छ । यस पुस्तकमा पोखरा महानगरपालिका वडा–२२ पुम्दीभुम्दी, ठूलिविणीका स्थानीय थानीमानी देउता र धार्मिक भजन (आरती, गणेश र रामायण) तथा चुड्का पनि यस पुस्तकमा पढ्न पाइन्छ । यस पुस्तकबाट तत्कालीन समयमा शिक्षाको अवस्था अनुभूत गर्न सकिन्छ । पुस्तक केही दिनमा नै सार्वजनिक हुने लेखक बराले जानकारी दिनुभएको छ । पुस्तक सरल भाषामा लेखिएको अनुभवको सँगालो हो ।

यस पुस्तकको लेआउट तथा आवरण डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.का डिजाइनर सन्तोषकुमार दाहालले गरेका हुन् । पुस्तकको मूल्य रु.२२५/- राखिएको छ ।