• २०८१ असोज ४ गते शुक्रवार

आर्टिकल्स पेपर, काठमाडौँ । रिमा केसीद्वारा अनुवादित भारतीय प्रसिद्ध लेखक तथा कवि अमृता प्रीतमको “अमृता प्रीतमका छानिएका कविता” सङ्ग्रह सार्वजनिक गरिएको छ ।

काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजित कार्यक्रममार्फत रिमा केसीद्वारा अनुवादित “अमृता प्रीतमका छानिएका कविता” पुस्तक सार्वजनिक गरिएको हो । उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, वक्ताहरुः भूपाल राई, ज्योति जङ्गल र अनुवादक रिमा केसीद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।

अमृता प्रीतम भारतको सबैभन्दा लोकप्रिय लेखकमध्ये एक मानिन्छिन् । किशोरावस्थाबाट नै उनले कविता, कथा, निबन्ध लेख्न सुरु गरेकी थिइन् । अमृता भारतको पहिलो त्यस्तो महिला कवि थिइन्, जसले त्यो समयमा पनि आप्mना रचनाहरुमा आप्mना प्रेम प्रसङ्गहरुलाई खुलेआम चर्चा गरेर एउटा स्वतन्त्र र विद्रोही जिन्दगी बाँचिन् । उनका रचनाहरुमा स्वच्छन्द र विद्रोहको चेत झल्किन्छ । उनका कविताहरुमा गहिराई भेटिन्छ–

म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
सुर्यको तेज बनेर
तिम्रो रङ्गमा घुली रहनेछु
या रङ्गहरुको अँगालोमा बसेर
तिम्रो क्यानभासमा फिलिनेछु

– अमृता प्रीतम

प्रमुख अतिथि तुलसी दिवसले नेपाली लेखक तथा साहित्यकारहरुले अन्य भाषाहरुमा जति आवश्यकता छ त्यती पुस्तकहरु अनुवाद नभइरहेका बेला रिमा केसीले भारतीय प्रसिद्ध लेखक तथा कवि अमृता प्रीतमको कविता अनुवाद गरेर महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गनुभएको थियो ।

त्यस्तै वक्ता भूपाल राईले रिमा केसीले अमृता प्रीतमको कविता अनुवाद गरेर अमृता प्रीतमलाई न्याय गर्नुभएको बताउनुभयो ।
त्यसैगरी वक्ता ज्योति जङ्गलले रिमा केसीले अमृता प्रीतमको कविता अनुवाद गरेर नेपाली साहित्यलाई अमूल्य कृति दिनुभएको भन्दै पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो ।

कवि तथा गजलकार बाबु त्रिपाठीले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने पुस्तकलाई यन्डिगो इन्क पब्लिकेशल प्रा.लि.ले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *