काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

कृति लोकार्पण तथा स्रष्टा सम्मान

1.2K
shares
काठमाडौँ । नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीले स्रष्टा सम्मान तथा कृति लोकापर्ण कार्य सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरियो । 

अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निनु चापागाईं, विशिष्ट अतिथि प्रा. जगतप्रसाद उपाध्याय, अतिथि नन्दकृष्ण जोशी, सम्मानित प्रतिभाहरू मातृका पोखरेल, डा. अमर गिरी, प्रा.डा. हेमनाथ पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रममार्फत निनु चापागाईंंलाई नेपाली वाङ्मय साधना सम्मान (२०७७), मातृका पोखरेललाई नेपाली वाङ्मय साधना सम्मान (२०७८), डा. अमर गिरीलाई नेपाली वाङ्मय साधना सम्मान (२०७९) र प्रा.डा. हेमनाथ पौडेललार्ई सम्मानित गरिएको थियो ।

त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९) नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मान प्रदान गरिएको थियो । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी रु. १०,००० रहेको छ ।

कार्यक्रममा लघुकथाकार श्याम आशाका रचनालाई रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गर्र्नुभएको लघुकथा कृति अघोषित आवाजको समेत विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंले नेपालको राजनीतिमा देखा परेको मूल्य विघटनको असर साहित्य क्षेत्रमा पनि परेकोले सबैले यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमा विशिष्ट अतिथि प्रा. जगतप्रसाद उपाध्याय, अतिथि नन्दकृष्ण जोशी, सम्मानित प्रतिभाहरू मातृका पोखरेल, डा. अमर गिरी, प्रा.डा. हेमनाथ पौडेलले पनि आफ्ना विचार एवम् रचना प्रस्तुत गरेका थिए । सचिव दीपसागर पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।