काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

कविता : अब त्यो युग छैन रे !

2.15K
shares

ए ! हामीभन्दा अगाडिका पिढीहरू
ए ! हाम्रा प्रिय पूर्वजहरू
तिर्खाले तिर्खाएका ए ! प्यासीहरू
भो, अब आफ्नो विगत नसम्झ
भो, अब त्यो आफ्नै कुवा नसम्झ !!

+++

समय परिवर्तनशील छ रे
खै, के परिवर्तन ल्यायो र यसले ?
महँगी र लुटमार शिवाय
खै, ‘के शान्ति ल्यायो र यसले ?’
भन्छन्— ‘अब त्यो युग कहाँ छ ?
युग त अब बदलिसक्यो, गइसक्यो’
मलाई लाग्छ—
‘युग कसरी बदलिन्छ ?’
बरु भनून्—
‘युग त हामीले नै बदलिसक्यौ“’ !!
के युग कुनै व्यक्ति हो र ?
के स्वार्थ त्यसमा—
बदलिनु र नबदलिनुमा ?
म भन्छु, युग त एउटा ‘फर्म’ हो
त्यो भर पर्छ,
त्यसकै साझेदारहरूमा !!
युगको नाममा शोषण गर्ने—
ए ! नरदैत्यहरू हो !
किन यति चाँडै दृष्टान्ध बन्छौ ?
के मानवता सबै विलीन भै सक्यो ?
त्यै पनि त्यसलाई सम्हाल्न खोज्छौ ??

+++

त्यसैले हाम्रा पुर्खाहरू हो
अब त्यो युग छैन रे !
गइसक्यो !!
तीर्खाले तिर्खाएका प्यासीहरू हो
अब त्यो कुवा छैन रे !
सुकिसक्यो !!

पैरवी बुक हाउसद्वारा प्रकाशित वेद भट्टराईको कवितासंग्रह “ग्रहणदान”बाट साभार