काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

श्री स्वस्थानी ब्रत कथा आरम्भ

1.04K
shares

आर्टिकल्स पेपर काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म प्रत्येक वर्ष एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत कथा एवम् माघस्नान सुरु भएको छ ।

श्री स्वस्थानी ब्रत कथाका अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा एक महिनासम्म मेला लाग्ने गर्छ, आजदेखि उक्त मेलाको आरम्भ भएको छ । शालीनदीमा गई माघ महिनामा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिनुका साथै पुण्य कमाइने धार्मिक विश्वास र मान्यता रहि आएको छ ।

पौष शुक्ल चतुर्दशीका दिनदेखि हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा रही आएको छ ।