एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

दाहालसहित खोटाङको हलेसीबाट रास्वपा र एमालेकासहित दर्जनभन्दा बढी नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

252
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी छाेडेर स्वतन्त्र रुपमा रहेका खोटाङ, हलेसीका सन्तोषकुमार दाहाल र नेकपा एमाले, हलेसी तुवाचुङ–काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष कुलबहादुर बस्नेतलगायत रास्वपा र एमालेसहितका दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

गत ११ गते नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानिलकण्ठमा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीहरुलाई फूलमाला तथा खादाले स्वागत गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व माननीय/मन्त्री सर्वधन राई, माननी सरस्वती वजिमया, हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई, उपप्रमुख रमेश राउत, युवा व्यवसायी तथा समाजसेवीद्वय हेमराज बस्नेत, मनकुमार तामाङलगायत पार्टीका अगुवा नेता कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी, खोटाङका प्रचार–प्रसार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागको सदस्यका रुपमा जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार दाहालले एकवर्ष अगाडि नै रास्वपाबाट राजिनामा दिएका थिए । राजिनामामा उनले– “राष्ट्रिय स्वतन्त्र पार्टीको जान्नेलाई छान्ने भन्ने नाराबाट प्रभावित भएर पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि व्यवहारमा चाहीँ आफ्ना, भ्रष्ट र ठगहरुलाई छान्ने रहेको स्पष्ट देखियो । त्यसकारण पार्टीका नाममा भ्रष्ट, ठग र कुनियत भएका अवसरवादी व्यक्तिहरुलाई समर्थन गर्न नसक्ने” भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका थिए ।

त्यसैगरी नेकपा एमालेका हलेसी तुवाचुङ–काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष कुलबहादुर बस्नेत पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैगरी पार्टी प्रवेश गर्नेहरुमा अन्य युवाहरु अनोज दाहाल, टिकाराम पुरी, रविन दाहाल, देवी त्रिपाठी, कविता बस्नेत, विष्णुबहादुर तामाङ, भिषण तामाङ, मणिराज तामाङ, खम्बराज तामाङ, युद्धराज तामाङ, राज तामाङलगायत दर्जनौँको संख्यामा एकैपटक सामुहिक रुपमा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् । काङ्ग्रेसमा प्रवेश गर्ने सबै हलेसी तुवाचुङ नगरपालिका, वडा न. ४, बडहरेका हुन् ।

गलत काम, कुरा तथा गतिविधिको खण्डनका साथै आलोचना गर्न डर नमान्ने निडर र हक्की स्वभाव भएका दाहाल मुनलाईट इन्टरनेशनल मिडिया प्रा।लि।का अध्यक्ष तथा सञ्चालक हुन् । उनी कुशल ग्राफिक डिजाइनरका साथै नेपाल सितोरियो करातेका खेलाडि तथा प्रशिक्षक पनि हुन् ।

पछिल्लो समय राजनीतिका नाममा भ्रष्टाचार, अनियमिता जस्ता कुराहरु मौलाउँदै गएको र अधिकांश नेता तथा कार्यकर्ताहरु देश र जनताको सेवाका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ लिएर पद र कुर्सीमोहमा दौडिएकाले राजनीतिको गलत परिभाषा सृजना हुँदै गएको प्रति कांग्रेस प्रवेश गरेका दाहालले चिन्ता व्यक्त गरेका छन् ।