नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाद्वारा राजीनामा

1.81K
shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभापति पदबाट राजिनामा दिनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । यसअघि राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो ।

प्रतिवेदन आइसकेपछि सभापति खतिवडामाथि समेत प्रश्न उठिरहेका बेला उहाँले राजिनामा दिनुभएको हो ।
खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताउनुभयो ।

निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको तर अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकारसमेत गर्नुभयो ।