• २०८१ चैत्र २८ गते शुक्रवार

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल म्यानमारसँग २–० गोलको अन्तरले पराजित भएको छ ।

खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । तत्कालै दोस्रो मिनेटमा नै अर्को गोल बेहोरेपछि नेपाल २–० गोलको अन्तरले पछि परेको हो ।

खेलको सुरुवातीमा नेपालले म्यानमारमाथि करिब दर्जनपटक गोलपोष्टमा आक्रमण गरे तापनि गोल हुन नसकेपछि नेपालले हार व्यहोनुपरेको हो ।

नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा खेल हो । नेपाल यस अघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा ३ तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो । अर्कोतर्फ नेपालले एकै वर्षमा हार बेहोरेको तेस्रो फाइनल हो ।

१५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो । दोस्रो हाफमा दुई मिनेटभित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक पराजित गर्यो । म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे ।
पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राख्न सफल भयो । नेपालले गोल गर्ने केहि उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन् । खेलको ३५औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो । साबित्र भण्डारी ‘साम्बा’ले हानेको प्रहारलाई म्यानमारकी गोल किपर मो मो म्याले बचाइन् ।

खेलको ४४ औं मिनेटमा नेपालले अर्को मौका गुमायो । रेणुका नगरकोटीले दिएको लामो क्रसमा गोल किपरको रिबाउण्ड बलमा क्लोज रेन्जमा रहेका सावित्रा र रेखाले बल कनेक्ट गर्न सकेनन् । खेलको ५५ औं मिनेटमा विमला विकको क्रसमा साम्बाको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ६२ औं मिनेटमा हजारौं घरेलु दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो ।
पहिलो गोल खाएसँगै नेपालले ६४औं मिनेटमा म्यानमारले अग्रता दोब्बर बनायो । कप्तान विन थेङ्गी तुनले हानेको प्रहार गोल किपरले बचाउने प्रयास गरेपनि रश्मी कुमारी घिसिङलाई लागेर गोलमा परिणत भयो । दुई गोल खाएपछि ७०औं मिनेटमा गोल किपरसँगको वान भर्सेस वानमा रश्मी कुमारी घिसिङको भली प्रहारलाई किपरले पञ्च गर्दै बचाइन् ।

फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि छ । म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेको छ । नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो । म्यानमारसँग २-२ को बराबरी खेलेको थियो । म्यानमारले लिग चरणमा लेबनानलाई ३-१ ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *