काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालको सानदार जित

2.15K
shares

काठमाडौं । आईसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको हो ।

नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

स्कटल्यान्डले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्नुभयो । उहाँले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोड्नुभयो । त्यस्तै गुल्सन झाले अविजित २४ रन बनाउनुभयो ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन तथा ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन जोड्नुभयो ।

बलिङमा स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिनुभयो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४५ बलमा आठ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिनुभयो । जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलेनले २५ रन जोड्नुभयो ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट तथा नन्दन यादवले २ विकेट लिनुभयो । रोहित पौडेल र कुशल भुर्तेलले समान १-१ विकेट हात पार्नुभयो ।