नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

विश्वकप टी२० मा आज नेपाल र इटाली भिड्दै

2.58K
shares

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न सवा ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । सुपर ८ चरणमा पुग्ने सम्भावना जीवित राख्न आजको खेल दुवैका लागि महत्त्वपूर्ण हुनेछ ।

नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग झिनो रन अन्तरले पराजित भएको थियो । अनुभवी इङ्लिस टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल जम्मा ४ रनले पराजित भएको थियो ।

इटालीले भने पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो । ठूलो अन्तरको हारसँगै इटाली अंक तालिकाको पुछारमा छ ।