एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

खुला महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक हलेसीको पोल्टामा : पेनाल्टी सुटआउटमा ओखलढुंगा ३–२ गोल अन्तरले पराजित

189
shares

काठमाडौँ । हलेसी तुवाचुङ नगरपालिका, खोटाङको आयोजनामा “मेरो गोल लैङ्गिक हिंसा बिरुद्वको बोल” भन्ने नाराका साथ
आयोजना गरिएको लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियानको खुल्ला महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

कोशी प्रदेश सामाजिक बिकास मन्त्री माननीय श्री पाँचकर्ण (पिके) राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगितामा खोटाङ, ओखलढुंगा र भोजपुरबाट १६ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलमा पेनाल्टी सुटआउटमा ३–२ गोलको अन्तरले ओखलढुंगालाई पराजित गर्दै हलेसी तुवाचुङ नगरपालिकाले उपाधी आफ्नो पोल्टामा पारेको हो । त्यसै गरी भोजपुर नगरपालिका र जन्तेढुङ्गा गाउँपालिकाले सेमिफाइनलमै चित्त बुझाउनु परेको थियो ।

विजेता समूहले नगद १ लाख १० हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता पद्‍मा स्पोर्ट्स क्लब ओखलढुंगाले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ भने सेमिफाइनलिस्ट जन्तेढुंगा गाउँपालिका र भोजपुर नगरपालिका–१० ले २२ हजार २ सय २२ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसै गरी उत्कृष्ट खेलाडीमा हलेसी तुवाचुङकी प्रतीक्षा खत्री, उत्कृष्ट डिफेन्डरमा हलेसी तुवाचुङकी वर्षा वली, उत्कृष्ट मिडफिल्डर पद्‍मा स्पोटर्स् ओखलढुंगाकी खुस्मा राई, उत्कृष्ट गोल रक्षक हलेसी तुवाचुङकी सुजता तामाङ, उत्कृष्ट कोच हलेसी तुवाचुङका लोकेन्द्र केसी, हाइस्कोरर पद्‍मा स्पोटर्स् क्लब ओखलढुंगाकी सुप्रिया श्रेष्ठ घोषित भएका छन् ।

कार्यक्रमलाई समापन गर्दै हलेसी तुवाचुङ नगरपालिका प्रमुख श्री बिमला राईले समाजमा यदाकदा हुने गरेका महिला र पुरुषबीचको विभेद अथवा कपाल काट्ने र कपाल बाट्नेबीचको विभेद, राजनीतिक विभेद, सांस्कृतिक विभेद, धार्मिक विभेद, जातीय विभेदलगायतका कुराहरुकाे अन्त्य गर्नका लागि “मेरो गोल लैङ्गिक हिंसा बिरुद्वको बोल” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा बिरुद्वको अभियान स्वरुप खुल्ला महिला फुटबल प्रतियोगिताकाे आयोजना गरिएको बताउनुभयो ।

उक्त प्रतियोगीताको समुद्घाटन कोशी प्रदेश भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री माननीय श्री भुपेन्द्र राईले गर्नु भएको थियो ।