एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत फराकिलो अंकले पराजित

154
shares

काठमाडौं: कप्तान पूजा महतोको दमदार प्रदर्शनसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध विशाल जित हात पारेको छ ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो । जितसँगै नेपालले १६५ विशाल रनले प्रतियोगितामा चौथो जित निकालेकोह हो । नेपालले थाइल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो । यस्तै, कुवेतलाई १०८ रनले पाखा लगाए पनि युएईसँग १३ रनले पराजित हुन पुगेको थियो ।

नेपाललाई विश्वकपमा पुग्न बुधबार हुने अन्तिम खेलमा युएईविरुद्ध फराकिलो जितको आवश्यक पर्नेछ । युएई अपराजित रहँदै चार खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको नेपालको ८ अंक छ । यद्यपि, युएईले थाइल्यान्ड र नेपालसँग खेल्न बाँकी छ । युएई नेटरन रेटमा पनि नेपालभन्दा बलियो स्थितिमा छ । युएईको नेटरनरेट ४.७१२ छ भने नेपालको ४.३३० मात्रै छ ।

नेपालको जितमा कप्तान पूजाले अविजित १३० रन बनाइन् भने बलिङमा सर्वाधिक पाँच विकेट लिइन् । युएइकी ओपनर जेफा जिलिनीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ४२ बल खेलेकी उनले ७ चौकासहित ३६ रन बनाइन् । कुवेतका ७ ब्याटर शून्य रनमै पेभिलियन फर्किए । नेपालले ७ रन अतिरिक्त दिएको थियो । पूजाले नवौं ओभरमा ४ विकेट लिएकी थिइन् ।