काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे ।
सुरुमा पेनाल्टी प्रहार गरेकी भारतकी कप्तान आशालतादेवीको प्रहार बारमा लागेर बाहिर गयो भने रञ्जना चानुको प्रहार नेपाली गोलकिपर अञ्जना रानामगरले बचाइन् ।
नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको हो । यसअघि सन् २०२२ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिफो पटक च्याम्पियन बनेको थियो ।