एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

साउनको अन्तिम सोमबार : काठमाडौँको पशुपतिनाथ र खोटाङको हलेसी महादेव मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

217
shares

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर, पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङ जिल्लाको हलेसी महादेव मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा शिवालयहरुमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि छ । साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन् ।