नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

पेरिस ओलम्पिक-२०२४ को समापन

1.55K
shares

एजेन्सी: ३३औँ ग्रीस्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन भएको छ । ८० हजार दर्शकबीच स्टेड डे फ्रान्समा समापन समारोह भएको हो ।

समापन समारोहमा खेलाडीको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई ‘सेलिब्रेट’ गरिएको थियो । समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलको प्रशंसा गर्दै भने ‘युद्ध र द्वन्द्वले विश्व विभाजित भएपनि खेलले विश्वलाई एक ठाउँमा राखेको छ ।’ बाखले ओलम्पिक खेलको क्षमतामा जोड दिँदै विश्वव्यापी शान्तिको संस्कृतिलाई प्रेरित गरेको बताए ।

समापन समारोह निकै मनमोहक र आकर्षक थियो । जहाँ विभिन्न हलिउड कलाकारले प्रस्तुति दिएका थिए । सात ओलम्पिकामा नेपालका सात खेलाडीले सहभागिता जनाए पनि कसैले पदक जित्न सकेनन् ।