• २०८१ असोज ५ गते शनिवार

एजेन्सी: साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधवार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनलमा पुगेको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे । अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा मेस्सीले प्रतियोगिताको आफ्नो पहिलो गोल गरे । अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वेबीचको दोस्रो सेमिफाइनलको विजेता विरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *