काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

कोलम्बिया उरुग्वेलाई हराउँदै कोपा अमेरिकाको फाइनलमा

1.27K
shares

एजेन्सीः उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा १-० गोल अन्तरले हराउँदै कोलम्बिया फाईनलमा पुगेको हो ।

कोलम्बियाको जितमा जेफरसन लेर्माले खेलको ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न भने सकेन ।

पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ । कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले क्यानाडालाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।