नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

कोलम्बिया उरुग्वेलाई हराउँदै कोपा अमेरिकाको फाइनलमा

1.51K
shares

एजेन्सीः उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा १-० गोल अन्तरले हराउँदै कोलम्बिया फाईनलमा पुगेको हो ।

कोलम्बियाको जितमा जेफरसन लेर्माले खेलको ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न भने सकेन ।

पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ । कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले क्यानाडालाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।