एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

सभापति देउवाले गरे १५ विभागमा प्रमुख मनोनयन

175
shares

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनयन गरेका छन् ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई–मधेश समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

यसैगरी केन्द्रीय सदस्य योगेन्द्र चौधरी– थारु, गेहेन्द्र गिरी– जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पा– पर्यटन, डा रणबहादुर रावल–गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिन– आदिवासी जनजाति र प्रकाश रसाईली स्नेही– वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित भएका छन् ।

त्यस्तै रङ्गमती शाही–पिछडिएको क्षेत्र, गुरु बराल– आपूर्ति तथा उपभोक्ता, नानु बास्तोला– जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठ– अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला)– उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साभार : अखबार नेपाल