एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट खेलाडिलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

182
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।

नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।

खेलाडीलाई सम्मान गर्दै तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ, देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस् भन्दै प्रधानमन्त्रीले दाहालले खुसी व्याक्त गर्दै शुभकामना व्यक्त गरेका थिए ।