काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

चौथो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

1.46K
shares

काठमाडौँ । नेपालको चौथो उपराष्ट्रपतिको रुपमा जनता समाजवादी पार्टी (जसपा) नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न उपराष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै नेपालको चौथो उपराष्ट्रपतिमा यादव निर्वाचित भएका हुन् ।

३० हजार ३२८ मतभार पाएर यादव उपराष्ट्रपति निर्वाचित हुँदा एमालेकी शाक्यले १६ हजार ३२८ र जनमत पार्टीका झाले २ हजार ५३७ मत पाइन् । जसपाकै प्रमिला यादवलाई एक जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

एमालेकी शाक्य बाहेक अरु उम्मेदवार सत्तारुढ गठबन्धनका नेताहरु हुन् । तर सत्तारुढभित्र ठूला दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाकै मत पाएर रामसहाय उपराष्ट्रपति निर्वाचित भए । प्रमिलाले उम्मेदवारी दिए पनि रामसहायलाई नै समर्थन गरिसकेकी थिइन् ।