काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

डेंगी रोगको संक्रमणबाट बच्नका लागि जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेका ११ टिप्स

1.58K
shares

काठमाडौं । डेंगी रोगको संक्रमणबाट नेपालमा १० हजार जना भन्दा बढी संक्रमित भइसकेका छन् । डेंगीले सबैभन्दा बढी असर काठमाडौं उपत्यकालाई पारेको छ ।

डेंगी रोग लागेका बिरामीले आफु खुसी औषधि सेवन गर्नुहुँदैन । जसका कारण ज्यानसमेत जानसक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।

डेंगी निको भएपछि पनि अधिकांश व्यक्तिलाई सन्चो नहुने, शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्ने, झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने, बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ । डेंगीमा प्लेट्लेट्स घट्ने तथा अरुचीको कारण पोषण तत्वको अभाव भएको हुन्छ । डेंगीको पीडाले गर्दा मनोबैज्ञानिक समस्या पनि देखिन सक्छ । आफ्नो परिवारलाई सर्छ कि ? दोहोर्याएर डेंगी हुन्छ कि ? पहिलेजस्तो स्वास्थ्य हुँदैन कि भन्ने चिन्ता अधिकांश व्यक्तिमा पाइन्छ । आफूलाई पहिले डेंगी लागेका अनि अन्य परिवारजनलाई डेंगी सरेको केसमा संक्रमितमा ग्लानिबोध हुनसक्छ ।

यी समस्याबाट बच्नको लागि जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेले ख्याल गर्नेपर्ने ११ टिप्स दिएका छन् :–

१. ज्वरो निको भएपछि बिस्तारा छोड्ने, अलिअलि हिंड्ने, सजिला काम गर्दै जाने
२. खानामा अरुची भएपनि पोषिलो खाना तथा झोलिलो पदार्थ खाइरहने, जंक फुड, क्यान जुस, कोल्ड ड्रिंक्स, अल्कोहल, चुरोट सेवन नगर्ने
३. पोषणको अभावमा ब्लडप्रेसर कम छ भने जीवनजल पानी खाइरहने
४. भिटामिन डी, भिटामिन बि१२, एन्टिअक्सिडेन्ट र रगत बढाउने खाना तथा सप्लिमेन्ट सेवन गर्ने
५. हल्का ब्यायाम गर्ने
६. योग, प्रणायाम तथा रसायन अर्थात् (अमला, किवी, मेवा, अनार, जुनार, पालुंगो, च्यवनप्राश) सेवन गर्ने
७. धेरै साथी तथा आफन्तसँग सम्पर्कमा रहने
८. मन बहलाउन कमेडी फ्लिम, उर्जाबर्धक स्पिच सुन्नेर हेर्ने
९. आत्मबल बलियो बनाउने प्रयास गर्ने
१०. समयसमयमा चिकित्सकसंग आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएर आवश्यक परीक्षण गर्ने
११. कमजोरी रहेसम्म मनोनिग्रह तथा इन्द्रिय निग्रह गर्ने।ब्रह्मचर्य पालना गर्ने।

(डा. पाण्डेको फेसबुकबाट साभार)