काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

७५ जिल्लामा आजदेखि दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु

1.34K
shares

काठमाडौँ: सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा-रुवेला विरुद्धको खोप अभियान शुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो ।

पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गर्न लागेको महाशाखाले जनाएको छ ।

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा १ हजार ३४९ जना सङ्क्रमित भएका थिए ।

खोप अभियान आजदेखि शुरु भइ ७ चैतसम्म सञ्चालन हुनेछ ।