एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना अधुरैः बंगलादेशसँग ३–१ ले पराजित

161
shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना अधुरो बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि फेरि पनि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।

दशरथ रंगशालामा सोमबार भएको फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो । नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो १० औं पटक हो ।

नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यू गरेको हो । नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन च्याम्पियनसिप खेलेको थियो । १२ वर्षे साफ महिला फुटबलको इतिहासमा नेपाल उपाधि विहीन रहँदै आएको छ । यसअघिका ४ पटक फाइनलमा भारतसित पराजित भएको नेपाल यो पटक बंगलादेशसँग पराजित भयो ।

फाइनल खेलेका बंगलादेश र नेपालले भारतलाई पराजित गर्दै दक्षिण एसियामा उसको दबदबा तोडेका थिए । समूह चरणमा बंगलादेशसँग पराजित भएको भारत नेपालसँग हारेपछि पहिलो पटक सेमिफाइनलबाटै बाहिरियो ।

१०‌ औं फाइनलमा पराजित भएको नेपाल अहिलेसम्म भारतसँग ७ पटक तथा बंगलादेश, म्यानमार र उज्वेकिस्तानसँग एक–एक पटक हार व्यहोरेको छ ।

सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि भारतसँग चार पटक पराजित भएको थियो । २०१० मा १–० ले, २०१२ मा ३–१ ले, २०१४ मा ६–० ले र २०१९ मा ३–१ ले भारतसँग पराजित भएको थियो ।

यस्तै २०१० देखि नै साग महिला फुटबलमा नेपाल भारतसँग तीन पटक पराजित भएको थियो । २०१० मा बंगलादेशमा भएको ११औं सागमा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो ।