• २०८१ जेष्ठ ३ गते बिहिवार

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकामा रहेका सैलुनको शुल्कमा वृद्धि गरेको छ । असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको संघको उपत्यका समितिले सूचना जारी गर्दै गरेको छ ।

अब दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ भने कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्ने छ ।

सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समितिले जनाएको छ । ‘बजारभाउ आकासिएको छ । घरबहाल बढिरहेको कारण पैसा तिर्न हम्मे परिरहेको छ । त्यसैले शुल्क बढाउन बाध्य भएका हौं,’ अध्यक्ष राजेश ठाकुरले बताए ।

नेपाल नाइ संघको मूल्य बृद्धि सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *