एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

कविता : तिहार

168
shares

नीलो पानीले
भरिएको सागर जस्तो सफा
आकाशमुनि थुप्रिएका सुनौला हिमालहरू
तल पहाडमा
कुनै सिपालु कलाकारले बनाएका जस्ता
पहाडका बान्किला थुम्काथुम्कीहरू
शरदका प्रफुल्ल रक्तिम लालीगुराँस,
सयपत्री, मखमली, लालुपाते, सुनगाभाहरूका गुच्छा बोकेर
सफा आकाशको निर्मलतालाई
नियालिरहेका छन् ।

तारा खसाउन उद्दत भुक्भुके
सद्य–प्रसवित उषा पोतिरहेकी छे
सभ्यताको पहरेदार सगरमाथाका ओठहरू
घामका किरणहरू
पोखेर मेची कालीका किनारामा
टिष्टा काँगडाको
कालो बादल निरन्तर पन्छाइरहेको छ
शरदमा ढकमक्क फुलेका
मखमली र सयपत्रीले
परदेशिएको भाइलाई बोलाइरहेका छन्
चेलीहरूको सुगन्ध
यत्रतत्र–सर्वत्र पोखिएको छ ।

सायद मान्छेहरू
प्रकृतिकै वरदान शरदका फूलहरू
मानिस, जनावर र चराहरूमाथि वर्साएर
प्रकृतिकै पूजा गरिरहेका छन्
तब त तिहार उमङ्गको पर्व भएको छ
रस्तीवस्ती, पाखापर्वत
द्यौसी भैलो गाइरहेको छ ।

भेको पेटको सारङ्गी रेट्दै
छोराहरूलाई बोकेर जहाज खाडीतिर नउड्ने हो भने
चेलीहरूले
दाजुभाइहरूलाई कुर्नुपर्ने थिएन
तिहारमा आँशुको भेल बग्नुपर्ने थिएन
अजङ्गका हवाइजहाजले
कफन घरीघरी ओसार्नुपर्ने थिएन
त्यस स्थितिमा
मखमली फूलहरूले
माइतीका गलामा स्नेह बर्साइरहन्थे
चेलीहरू माइतीको आयु लम्ब्याइरहन्थे ।

कवितासंग्रह “हिटलर र भाले”बाट साभार