काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

नेपाल वाङ्मय परिषदद्वारा विभिन्न ६ विधाका श्रष्टाहरू सम्मानित

1.46K
shares

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाल वाङ्मय परिषद, धनगढी कैलालीले विभिन्न ६ विधाका श्रष्टाहरू सम्मान गरेको छ ।

गत शनिबार काठमाडौँको पुतलिसडकस्थित ग्रिनलिफ फुडल्याडमा आयोजित एक समारोहका बिच उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुस्करराज भट्टको अध्यक्षतामा आयोजना भएको सम्मान कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार हरिहर खनाल रहनुभएको थियो ।

त्यसै गरी अतिथिहरूमा प्रा.डा. कपिल लामिछाने, सूर्य चटौत, लता केसी, शेखर अर्याल, जेतप्रकाश श्रेष्ठ, धु्रव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल, डा. शेखरकुमार श्रेष्ठ, प्रवीण जोशी, राममणि ढुंगेललगायत विभिन्न विधाका व्यक्तित्व तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

उक्त समारोहका माझ सम्मानित हुने ६ जना सम्मानित व्यक्तित्वहरूमा मनोहर लामिछाने (नेपाली वाङ्मय साधना सम्मान–२०८२), अमृत योञ्जन तामाङ (मातृभाषा वाङ्मय साधना सम्मान–२०८२), सिर्जना शर्मा (आरडी प्रभास–राजलक्ष्मी चटौत राष्ट्रिय प्रतिमा पुरस्कार–२०८२), महेश प्रसाई (राधिका–गोपालदत्त लघुकथा सम्मान–२०८२), अच्युत घिमिरे (पद्मा–रामचन्द्र लघुकथा सम्मान–२०८२) र कर्ण दयाल (कर्मयोद्धा सृजना सम्मान–२०८२) रहनु भएको छ ।

विगतदेखि प्रत्येक वर्ष नेपाली साहित्यलाई माया र योगदान गरेवापत विभिन्न व्यक्तित्वहरू सम्मान गरिएको र यस वर्ष पनि सोहीअनुसार सम्मान गरिएको नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुस्करराज भट्टले जनाउनुभयो ।

कार्यक्रमका बारेमा मन्तव्य राख्दै प्रमुख अतिथि हरिहर खनालले राहित्यीक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई विभिन्न विधाका पुरस्कारबाट सम्मान गरिएकाले यसले साहित्यीक क्षेत्रलाई अझ बलियो बनाउन सहयोग पुग्ने टिप्पणी गर्नुभयो ।

त्यसैगरी अन्य वक्ताहरू सिर्जना शर्मा, अमृत योञ्जन तामाङ, मनोहर लामिछाने, महेश प्रसाई, अच्युत घिमिरे, कर्ण दयाललगायतले आ–आफ्नो धारणा राख्दै नपाल वाङ्मय परिषदले विभिन्न साहित्यीक क्षेत्रमा कलम चलाउनेहरूको मनोवल उच्च बनाउनुका साथै साहित्यीक क्षेत्रलाई बलियो बनाएको धारणा राख्नुभएको थियो ।

दीपसागर पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा निर्मला बराल, रोशन पराजुली, शुक्रराज कुँवर, श्याम श्रेष्ठ लगायतको रचना वाचनले उक्त समारोह थप रोचक बनेको थियो ।