काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित

4.15K
shares

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ ।

श्रम संस्कृति पार्टीको स्थापना कालदेखिनै खोटाङको राजनीतिमा पार्टी अध्यक्षको जिम्मेवारीका रुपमा सक्रिय हुनुभएका राईको नेतृत्वमा आफ्नो श्रम संस्कृति पार्टीलाई खोटाङबाट संविधान सभा सदस्यका उम्मेदवार माननीय आरेन राईलाई निर्वाचित गराउनसमेत उहाँको नेतृत्व सफल भएको छ ।

त्यसैगरी धरानमा भएको भेलाले राईलाई अध्यक्षमा निर्वाचित गरेको हो भने उपाध्यक्षमा सुनसरीकी प्रतिभा सेख अन्सारीलाई निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्षमा दुर्गा पोखरेल, एमके राई र राजेश दुलाल पनि निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा दीपक तिम्सिना, सहसचिवमा नवीन राई, इन्दिरा राई र मनोज जिमि निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा प्रमाण राडे, सहकोषाध्यक्षमा थोमस कुलुङ, प्रवक्तामा अभिनास लिम्बू निर्वाचित हुनुभएको छ भने भेलाले सहप्रवक्तामा अमर लहार र हेम केलाङलाई निर्वाचित गरेको छ ।

उक्त धरानमा भएको भेलाले १ सय ३३ सदस्यीय प्रदेश सदस्य निर्वाचित गरेको छ ।