प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसद्मा विपक्षीहरुको विरोध
२०८३ जेठ १८ सोमवार १५:१०
shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सोमबार पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।
प्रधानमन्त्री बालेन शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीहरुले माग राखेका छन् ।




















