नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान : कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदै

1.88K
shares

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । ४७औं राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन स्वीङ स्टेटहरु पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी ७ राज्य निर्णायक मानिन्छन् । कुल १६ करोड मतदातामध्ये साढे ७ करोड नागरिकले मतदान गरिसकेका छन् । निर्वाचित राष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेछ । राष्ट्रपतिका अतिरिक्त अमेरिकी मतदाताले आज अर्थात् ५ नोभेम्बरका दिन तल्लो सदन कंग्रेसका ४३५ र सिनेट तथा माथिल्लो सदनका ३४ सिटमा नयाँ सदस्य चयनका लागि समेत मतदान गर्नेछन् ।

सन् २०२० को चुनावमा तत्कालीन सिनेटर कमला ह्यारिस जो बाइडेनको चुनावी अभियानमा सामेल भएकी थिइन् र उनी पहिलो अश्वेत र दक्षिण एसियाली महिला थिइन् । जसलाई प्रमुख राष्ट्रिय पार्टीले उपराष्ट्रपतिमा मनोनीत गरेको थियो । उनको विजय ऐतिहासिक उपलब्धि थियो । जुन पहिलो पटक एक अश्वेत महिलाले उपराष्ट्रपतिको पद धारण गरेको थियो । अब, शीर्ष पदका लागि डेमोक्र्याटिक उम्मेदवारको रूपमा, उनी फेरि एक पटक इतिहास रच्न सक्छिन् र सम्भवतः अमेरिकाको पहिलो महिला राष्ट्रपति र पद सम्हाल्ने पहिलो अश्वेत महिला बन्नेछिन् ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा जो बाइडेनसँग हारेको राष्ट्रपति पद पुनः प्राप्त गर्ने लक्ष्यका साथ ह्वाइट हाउसमा फर्कने प्रयास गरिरहेका छन् । यद्यपि, ट्रम्पको बाटो कानुनी र राजनीतिक अवरोधहरूले भरिएको छ, किनकि उनी आपराधिक अभियोगहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यी विवादका बावजुद ट्रम्प फेरि सत्तामा फर्किने दाउमा छन् ।