काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

८ विकेटले अमेरिकालाई हराउँदै नेपालले गर्‍यो टी-२० सिरिज ‘क्लिन स्विप’, सोमपाल कामी बने प्येयर अफ द सिरिज

1.23K
shares

काठमाडौं: नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा ८ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो ।

अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् । कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको हो । नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडेका थिए । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काए ।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिएका थिए । तीन खेलमा पाँच विकेट लिएका नेपालका सोमपाल कामीले प्लेयर अफ द सिरिजको उपाधि पाए । उनले यसबाहेक दोस्रो खेलको सुपर ओभरमा नेपालका लागि महत्त्वपूर्ण दुई विकेट लिएर खेल नेपालको पक्षमा पारेका थिए । सिरिजमा नेपालका कुशल भुर्तेल सर्वाधिक रन बनाउन खेलाडी बने । उनले तीन खेलमा १४२ रन बनाए ।

अखबार नेपालबाट साभार