आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी

2.1K
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शंकर तिवारीले महामन्त्री पदमा उम्मदवारी दर्ता गराउनुभएकाे छ ।

मंगलबार राष्ट्रिय सभामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर तिवारीले महामन्त्री पदमा उमेदवारी दर्ता गराउनुभएकाे हाे ।

मनोनयनपछि भन्नुभएकाे छ, ‘नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत रूपमा मनोनयन दर्ता गरेको छु । अब यहाँहरूको झन् ठूलो साथ र सहयोगको आशा गरेको छु ।’

आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले आफूले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा, सिर्जनशील व्याख्या र पार्टी रूपान्तरणका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे थियाे  ।

राजनीतिक विश्लेषक तथा लेखकका रूपमा समेत परिचित तिवारी विद्यार्थी राजनीतिदेखि नै कांग्रेस सभापति गगन थापानिकट रहेर काम गर्दै आउनुभएकाे छ । उहाँले लेखन तथा वैचारिक मन्थनका क्षेत्रमा समेत सभापति थापासँग सहकार्य गर्दै आएको बताउनुभयाे ।

तिवारीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसको संगठनलाई बलियो बनाउँदै पार्टीलाई तल्लो तहदेखि दूरदराजका जनतासम्म जोड्न आवश्यक रहेको बताउनुभएकाे छ ।