काठमाडाैँ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा हरेक वर्ष प्रकाशित हुँदै आएको ‘ज्ञान...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १ सय ९...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

882
shares

हुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ ।

नेपालको सबैभन्दा उच्च २९ मिटरमा रहेको सदरमुकाम सिमकोटमा कर्णाली प्रदेशका दस वटै जिल्लाका महिला भलिबल खेलाडी छनोट प्रतियोगितामा भाग लिन यहाँ पुगेका हुन् ।

आउँदो यही मङ्सिर १६ देखि २८ गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनौट प्रतियोगिता आयोजना गरेको हो ।

जसअनुसार छनौट प्रतियोगिता अन्तर्गत दैलेखमा कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबुल टेनिस, रुकुम पश्चिममा कबड्डी, हुम्लामा महिला भलिबल र हक्की, जुम्लामा तेक्वान्दो, मुगुमा कबड्डी र कालिकोटमा पुरुष भलिबलका साथै बाँकी खेलका खेलाडी सुर्खेतबाट छनोट गरिने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिए । छनोट भएका खेलाडीलाई १० कात्तिकदेखि बन्द प्रशिक्षणमा राखिने भएको छ ।

हुम्लाको सदरमुकाममा भएको महिला भलिबलको उद्घाटन खेलमा जाजरकोटले मुगुलाई सोझो सेटमा हराएको थियो । भने यस्तै रुकुम पश्चिमले पनि हुम्लालाई सोझो सेटमा हराएको हो । त्यसै गरी दैलेख र जुम्लाले एक—एक सेट जितेर प्रतिस्पर्धा गरे पनि अन्तमा दैलेखदेखि हार स्विकार्नु परेको थियो । बिहीबार बिहान पहिलो खेल डोल्पा र सन्यानक हुने भएको छ ।

महिला भलिबल खेल उद्घाटनमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले,खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । छनोटमा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशको गौरव बढाउने अपेक्षा गरिएको अध्यक्ष भण्डारीको भनाइ थियो ।