काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

कास्कीको शहिद चोक र गैह्रापाटनका आसपासमा जुलुस, प्रदर्शन तथा सभा गर्न नपाइने

1.31K
shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी सभापति रबि लामिछाने पक्राउपछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्रमा आइतबारदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहकारी ठगीको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वको टोलीले रबि लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेसहित १४ जनालाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न कास्की अदालतले अनुमति दिएको थियो ।

लामिछानेलाई पक्राउ गरेपछि समर्थकहरुले पोखरामा नाराबाजी गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

‘कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८१/०७/०४ गते बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि पोखरा महानगरपालिकाको तपसिल बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।’ प्रजिअबाट जारी भएको आदेशमा भनिएको छ, ‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी गरिएकाे सूचना