काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

सरकार कामभन्दा समय बिताउनेतर्फ केन्द्रित भयो : सांसद आरेन राई

1.43K
shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले जनताका समस्या समाधान गर्न परिणाममुखी काम गर्न नसकेको आरोप लगाउनुभएकाे छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकारले फ्री भिसा, फ्री टिकट, किसानका समस्या, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या, शिक्षा, सडक र महँगी नियन्त्रणलगायत विषयमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयाे ।

उहाँले लाखौँ नेपाली युवा बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयाे । सरकारले फ्री भिसा र फ्री टिकटको व्यवस्था गरेको भनिए पनि युवाहरूले विदेश जान लाखौँ रुपैयाँ तिर्नुपर्ने अवस्था कायमै रहेको उहाँले बताउनुभयाे ।

सांसद राईले किसानका समस्या समाधान गर्न तथा बाँदर नियन्त्रण र व्यवस्थापनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयाे । त्यस्तै, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई लालपुर्जा तथा धनीपुर्जा दिने विषयमा सरकारले घोषणा गरेअनुसार काम हुन नसकेको उहाँले बताउनुभयाे ।

उहाँले सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या पटक–पटक उठाए पनि त्यसअनुसार परिणाममुखी काम हुन नसकेको बताउनुभयाे । समय बित्दै जाँदा समस्याहरू समाधान गर्नुभन्दा दोषारोपणमा अल्झिन नहुने भन्दै उहाँले सरकारलाई काममा केन्द्रित हुन आग्रह गर्नुभयाे ।

आफ्नो जिल्ला खोटाङका सडक, अलपत्र योजना तथा सञ्चार सेवाको समस्या पनि उनले सदनमा उठाउनुभयाे । खोटाङका कतिपय स्थानमा फोन सेवा नै नचल्ने अवस्था रहेको भन्दै उनले फोरजी सेवाको विस्तारलाई तीव्रता दिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयाे ।

शिक्षा क्षेत्रमा देशभर नै शिक्षक दरबन्दीको समस्या रहेको भन्दै सांसद राईले सरकारले समस्यालाई वर्गीकरण गरी प्राथमिकताका आधारमा समाधान गर्नुपर्ने बताउनुभयाे । सरकारी विद्यालयमा राज्यले ठूलो लगानी गरे पनि शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयाे ।

उहाँले महँगी नियन्त्रणमा समेत सरकार प्रभावकारी हुन नसकेको बताउनुभयाे । ग्यासको अभावका कारण सर्वसाधारण लामो लाइनमा बस्नुपर्ने अवस्था देखिएको भन्दै उहाँले मन्त्री परिवर्तन भए पनि ग्यासको समस्या समाधान हुन नसकेको बताउनुभयाे ।

उहाँले ग्यासलगायत दैनिक उपभोग्य वस्तुको समस्या तत्काल समाधान गर्न सरकारले ‘फास्ट ट्र्याक’मा काम गर्नुपर्ने माग गर्नुभयाे ।