• २०८१ मङ्सिर ७ गते शुक्रवार

कति होला आँशु कुन्नी यी नयन भरी
सुख दुःख समेटेर झर्छन वर्षा सरी

उन्नतीको सीमा हुन्न मन खुसी हुन
आशा झनै सल्बलाउँछन् धरतीलाई छुन
समुन्द्रको छालजस्तै मन चञ्चल हुन्छ
असम्भव सम्भव हुँदा पनि मन रुन्छ

पवनमा चङ्गासरी उडिरहन्छ मन
लट्टाइको धागो जस्तै अल्झिरहन्छ तन
मनसित आफैँलाई प्रश्न सोधेको छु
घाम डुब्दा रातमा किन छायाँ खोजेको छु ।

-हरिभक्त पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *