• २०८१ बैशाख ३० गते आइतवार

काठमाडौँ : स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्रा.डा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, साहित्यकार एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, कृतिका सम्पादक रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा संगीतकार एवं साहित्यकार सन्तोष श्रेष्ठले स्रष्टा दाहालको कृति अमेरिकी बसाईमा आएको यथार्थपरक उपन्यास रहेको बताउनुभयो । उहाँले यो कृतिले हिन्दू र मुस्लिम धर्मका बारेमा चर्चा गरेको बताउँदै बौद्ध धर्मका विषयमा पनि कृतिमा विशेष चर्चा गरिको जिकिर गर्नुभयो ।

समालोचक एवं साहित्यकार डा. शान्तिमाया गिरीले यस उपन्यासमार्फत पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्न स्रष्टा दाहाल सफल भएको धारणा राख्नुभयो । त्यस्तै, साहित्यक पत्रकार संघका अध्यक्ष लेकालीले दाहालको कृतिको चर्चा गर्दै उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेज भएको टिप्पणी गर्नुभयो । उहाँले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत दाहालले उजागर गरेको भनाइ राख्नुभयो ।

समारोहमा स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदनले दाहालका यसअघिका कृति जस्तै यो उपन्यास पनि विशेष रहेको चर्चा गर्नुभयो । त्यस्तै, बालसाहित्य समाजका अध्यक्ष एवं वरिष्ठ समालोचक प्रमोद प्रधानले दाहालको यसअघिको महाकाव्य ‘स्वेतपत्र’का बारे र उहाँका अन्य कृतिका बारेमा चर्चा गर्दै उपन्यास ‘अहोरात्र’ पनि विशेष रहेको जिकिर गर्नुभयो ।

यस्तै, साहित्यकार डा. रामप्रसाद दाहालले उपन्यासले बौद्धिक खुराकले भरिपूर्ण रहेको बताउनुभयो । यसैगरी विशिष्ट कलकारका एवं साहित्यकार लय संग्रौलाले दाहालको उपन्यासले आफूलाई अमेरिकामा नेपालीको बसाईका बारेमा धेरै कुरा जानकारी गराएको बताउँदै कृति असाधारण रहेको दाबी गर्नुभयो ।

यसैगरी प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले स्रष्टा दाहालको यसअघिको महाकाव्य ‘स्वेतपत्र’का बारेमा चर्चा गर्दै पाठकले दाहालको त्यही स्तरको कृति चाहेको बताउनुभयो । यस्तै, साहित्यकार, लेखक, चिकित्सक प्राडा अर्जुनदेव भट्टले स्रष्टा दाहालसँगको आफ्नो सम्बन्ध एक चिकित्सक र सेवाग्राहीको मात्र नभएर साहित्यिक आदान प्रदानका रूपमा पनि रहिरहेको बताउँदै नयाँ कृतिका लागि उहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

यसैगरी, साहित्यकार एवं समालोचक डा. यज्ञश्वर निरौला, साहित्यकार एवं समालोचक ज्ञानु अधिकारी, साहित्यकार एवं प्राडा शैलेन्द्रु प्रकाश नेपाललगायतले स्रष्टा दाहाललाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यास ‘अहोरात्र’मा स्रष्टा दाहालले अमेरिकी नेपाली जनजीवन र धमदर्शनका कुरा समेटेको बताएका थिए ।

नवराज सुवेदी मूनले सहजीकरण गर्नुभएको कार्यक्रममा सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कृष्ण भुसालको सभापत्वि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *