सारसङ्क्षेप देहरादूनको गोर्खा मिलिटरी स्कुलमा बितेको विद्यार्थी जीवन, त्यहाँको साङ्गीतिक वातावरण र सैन्य परिवेशले...

पुरा पढ्नुहाेस्

  आर्टिकल्स पेपर, काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा न्यायाधीशलाई न्यायका प्रतीक धर्मराजजस्तै कसैप्रति पूर्वाग्रह...

पुरा पढ्नुहाेस्

नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

आज आज यमपञ्चकको अन्तिम दिन, दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिँदै

1.08K
shares

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली माला लगाइदिने परम्परा छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई पूजा गरी टीका लगाइदिने र दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने चलन छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि साइतबाहेक अन्य समयमा पनि टीका लगाउन बाधा नरहेको समितिले जनाएको छ।

धार्मिक मान्यताअनुसार भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यमराज र उनकी बहिनी यमुनासँग जोडिएको पौराणिक कथासँग यस पर्वको सम्बन्ध रहेको छ ।