काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग

1.09K
shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी प्रक्रिया र राज्यको भूमिकामाथि प्रश्न उठाएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा सुरक्षा चुनौती देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको घटनाले कानुनी आधारमाथि गम्भीर प्रश्न उठाएको छ। सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ।’

उहाँले कसैको विगतको पद, राजनीतिक धारणा वा सार्वजनिक छविका आधारमा संविधानप्रदत्त अधिकार फरक हुन नहुने बताउनुभयाे।

‘कसैले कसुर गरेको भए निष्पक्ष छानबिन र कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्छ। राज्य संयन्त्रको दुरुपयोग स्वीकार्य हुन सक्दैन,’ उहाँले भन्नुभयाे।

जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’का कारण नियन्त्रणमा लिएको बताएको थियो। उनलाई करिब १२ घण्टापछि परिवारको जिम्मा लगाइएको थियो।